×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पश्चिम सेती आयोजनाको निर्माणको जिम्मा भारतीय कम्पनीलाई

पश्चिम सेती आयोजनाको निर्माणको जिम्मा भारतीय कम्पनीलाई

काठमाडौँ- पश्चिम सेती जलविद्युत् आयोजनाको  निर्माण  गर्ने जिम्मा भारतको सरकारी कम्पनी एनएचपीसी  लिमिटेडलाई दिइने भएको   छ।

लगानी   बोर्डको  सोमबार बसेको  बैठकले भारतको सरकारी  कम्पनी एनएचपीसी  लिमिटेडसँग वार्ता  गरी  अन्तिम निष्कर्षमा पुग्न सरकारलाई सिफारिस   गर्ने निर्णय गरेको  छ।   सो  कम्पनीले पश्चिम  सेती जलविद्युत् आयोजना निर्माण  गर्न  पाऊँ भनी  बोर्डसमक्ष  निवेदन  दिएको  थियो।

बोर्डका  प्रमुख  कार्यकारी  अधिकृत  सुशील भट्टले भने, ‘प्रतिस्पर्धामा  दिँदा  पनि  आयोजना बनाउन  सक्ने    खालका  कुनै पनि  कम्पनी  आउन नसके   र  झन्डै  चार दशकसम्म  आयो जना  अलपत्र पर्‍यो।  आर्थिक  तथा  प्राविधिक  रूपमा  निर्माण  गर्न   सक्ने   हैसियत   भएको     कम्पनी   नआउने र समयमात्र  खेर जाने भएकाले आर्थिक  तथा प्राविधिक  रूपमा  सक्षम  भएका  कम्पनीसँग  वार्ताको माध्यमबाट  निर्माण अनुमति दिन बोर्डले सरकारलाई  सिफारिस  गरेको  हो।’

प्रतिकृया दिनुहोस्