×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौँ र मधेश विश्वविद्यालयबीच सम्झौता

काठमाडौँ र मधेश विश्वविद्यालयबीच सम्झौता

९ साउन, काठमाडौं । काठमाडौं विश्वविद्यालय र मधेश विश्वविद्यालयबीच संयुक्त रुपमा शैक्षिक कार्यक्रम चलाउने सम्झौता भएको छ ।

मंगलबार भएको सम्झौतामा यी दुई विश्वविद्यालयबीच स्नातक तहमा पब्लिक एड्मिनिस्ट्रेसन, व्यवस्थापन र स्नातकोत्तर तहमा फेडेरल गभरनेन्स र पब्लिक एड्मिनिस्टे«सन कार्यक्रम संयुक्त रुपमा सञ्चालन गर्ने सहमति भएको छ ।

यो सहकार्यले दुबै संस्थाको शैक्षिक अनुसन्धानलाई उत्कृष्ट र प्रभावकारी बनाउन मद्धत पुग्ने काठमाडौंका उपकुलपति भोला थापाले बताए ।

यो सम्झौताले थप सहकार्यको बाटो खुल्नुको साथै स्वदेशी ज्ञान आदानप्रदान संस्कृतिको विकास गर्ने समेत बताए । उनले भने ‘भिन्न सांस्कृतिक तथा भौगोलिक स्थानमा अवस्थित विश्वविद्यालयबीच ज्ञानको आदानप्रदानको अवसर मिलेको र थप सहकार्यको बाटो खुलेको छ ।’

 

प्रतिकृया दिनुहोस्