×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आफ्नै आमा-बुवाबाट शिशुको हत्या ? कता जाँदै छ हाम्रो समाज ?

आफ्नै आमा-बुवाबाट  शिशुको हत्या ? कता जाँदै छ हाम्रो  समाज ?

काठमाडौँ - आठ महिना शिशुको हत्या गर्ने आमा एक दम्पतीलाई पक्राउ गरेको छ । रुपन्देहीको गैडहवाका एक दम्पतीले आफ्नै आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेका छन् ।मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । हाल दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । हत्याको विस्तृत जानकारी बाहिर आइसकेको छैन । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानमा जग्गा सम्बन्धी विवादका कारण उक्त घटना घटेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्