×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लघुवित्तमा पब्लिक शेयरकाे केही प्रतिशत ग्राहकहरुलाई अनिवार्य शेयर दिनूपर्ने व्यवस्था गर्नु आवश्यक छ : सिईओ चौधरी

लघुवित्तमा पब्लिक शेयरकाे केही प्रतिशत ग्राहकहरुलाई अनिवार्य शेयर दिनूपर्ने व्यवस्था गर्नु आवश्यक छ : सिईओ चौधरी

काठमाडाैँ । ग्रामिण भेगमा बैकिङ सेवा पुर्याई गरिबीको घेरामा रहेका जनताहरुको जीवनस्तर उकास्नका लागि स्थापना भएका हुन्छन् लघुवित्त संस्थाहरु । विपन्न समूदाय खासगरी महिलाहरुलाई व्यवसायिक कार्यका लागि विना धितो सामूहिक जमानीमा कर्जा प्रवाह गरि स्वरोजगार बन्न सघाउदै आएका विभिन्न लघुवत्तिहरु मध्येको एक हो स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड । लुम्बिनी प्रदेशलाई कार्यक्षेत्र बनाई विभिन्न ३४ शाखा कार्यालयहरुवाट सेवा दिदै आएको स्वाभिमान लघुवित्तले आफ्ना सदस्यहरुका लागि के कस्ता सेवा दिदै आएको छ त यसै बिषयमा केन्द्रित रहेर स्वाभिमान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कृष्णराज चौधरी सगँ माइक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (MFAN) को तर्फवाट बिश्वबन्धु भण्डारीले  कुराकानी गर्नुभएको छ । सिईओ चौधरी सगँ गरिएको कुराकानिमा आधारित सम्पादित अंश ।
 

स्वाभिमान लघुवित्त वित्तीय संस्था लि.ले के कस्ता सेवाहरु प्रदान गरिरहेको छ  ?

स्वाभिमान लघुवित्त वित्तीय संस्था लि. नेपाल राष्ट्र बैकबाट प्रादेशिक स्तरको वित्तीय सेवा प्रदान गर्न लाइसेन्स प्राप्त वित्तीय संस्था हो । यसको केन्द्रीय कार्यालय तिलोत्तमा न.पा. वडा नं. ५ मा रहेको छ । संस्थाको चूक्ता पूंजी रु. १२ करोड १७ लाख रहेको छ । लूम्बिनी प्रदेश भित्र ३४ शाखा कार्यालयहरुको माध्यमबाट २८ हजार घर परिवारहरुमा १ अरब ९४ करोड लगानीमा रहेको कर्जा तथा ६० करोड बचत संकलन गर्न सफल भएको छ । 
विपन्न समूदाय खासगरी महिलाहरुलाई विशेष रुपमा व्यवसायिक कार्यका लागि विना धितो सामूहिक जमानीमा रु.१००००/– देखि ७ लाख सम्म कर्जा सेवा उपलब्ध गराई स्वरोजगारको माध्यमबाट उनीहरुलाई गरीवीबाट माथि उठाउने कार्य गरेका छौं ।

त्यसैगरी संस्थामा आबद्ध पूराना बयस्क सदस्यहरुलाई जग्गा धितो लिई रु.७ लाख देखि रु.१५ लाख सम्म कर्जा दिदै आएका छौं । संस्थामा आवद्ध सदस्यहरुबाट स–साना छितारिएर रहेका बचत संकलन गरी परिचालन गरेका छौं । माघ मसान्त सम्म सदस्यहरुबाट रु.६० करोड बचत संकलन गरेका छौं । रेमिटान्स सेवा पनि स्वाभिमान लघुवित्तको महत्वपुर्ण सेवा रहेको छ । हामीले हिमाल रेमिट र सिटी एक्सप्रेस कम्पनीसंग सहकार्य गरी यो सेवा प्रदान गर्दै आइरहेका छौं । बीमा सेवा हाम्रो एक अर्को महत्वपुर्ण सेवा रहेको छ ।

हामीले रिलाएबल नेपाल बीमा कम्पनी र नेशनल लाइफ बीमा कम्पनीसंग सहकार्य गरी यो सेवा प्रदान गर्दै आइरहेका छौं । सबैजसो ऋणी सदस्यहरुको कर्जा बराबरको लघुजिवन बीमा भएको छ । पशू धन सूरक्षण निगमसंगको सहकार्यमा सदस्यहरुबाट पशू जन्य परियोजना भएका लगानीको बीमा गर्दै आएका छौं । यसबाट सदस्यहरुको पशू क्षेत्रमा भएको लगानीको जोखिमको न्यूनिकरण गर्न सहयोग भएको छ ।

अहिले लघुवित्त संस्थाहरुमा देखिएका समस्याहरु के के हुन् ? 

लघुवित्त संस्थाहरुमा हाल देखिएका समस्याहरु लगानीका लागि श्रोतको अभाव, क्षमता भन्दा बढी कर्जा एउटै सदस्यमा लगानी, उद्यमशिलता विकासमा कमी, कर्जा रकम उपभोग्य तथा अनूत्पादक कार्यमा खर्चिनु,विश्व व्यापी रुपमा देखिएको कोरोना महामारीका कारण लघुवित्तको सामूहिक प्रणाली विर्सजन हुन लागेको अवस्था र लक्षित वर्ग पहिचानमा विचलनको समस्या रहेको छ ।

नेपालमा लघुवित्त सेवा दिने संस्थाहरु धेरै भएपनि लघुवित्तको पहूंच खासै बढ्न सकेको छैन, नेपालका सम्पुर्ण ग्रामीण भेगमा लघुवित्त संस्थाहरुको सेवा पूर्याउन के गर्नूपर्ला ?

नेपालमा लघुवित्त सेवा दिने संस्थाहरु धेरै रहेकाछन् । सबै लघुवित्त संस्थाहरुको उदेश्य गरीबी कम गर्ने नै हो । तर हालको अस्वस्थ प्रतिस्पर्धा र चाँडो मूनाफामा जानू पर्ने दबाव अथवा Profit Oriented भएका कारण वास्तविक विपन्न परिवारहरुले लघुवित्त सेवा पाउन सकेका छैनन् । ग्रामिण क्षेत्रमा लघुवित्त संस्थाहरुको सेवा पूर्याउन लघुवित्त संस्थाहरु त्यस तर्फ आकर्षित हूने किसिमको नीतिगत व्यवस्था लागू गर्नू पर्दछ ।

वास्तविक विपन्न परिवारलाई सेवा पूर्याउन ग्रामिण क्षेत्रमा एक भन्दा बढी लघुवित्त भएता पनि शाखा खोल्न स्वीकृती लिन नपर्ने छुट, वार्षिक शाखा खोल्दा ३० प्रतिशत ग्रामिण क्षेत्रमा खोल्नू पर्ने र संस्थाका संचालकहरुलाई नेपाल राष्ट्र बैँकले लघुवित्त संस्था नाफा कमाउने संस्था मात्र नभएर गरीबी निवारण यसको मूलभुत उदेश्य हो भन्ने सन्दर्भमा अवगत गरारहनू पर्दछ । नाफा संस्थाको दिगोपनाका लागि आवश्यक हुन्छ भन्ने बारे ब्धबचलभकक आवश्यक भएको छ । 

धेरै जसो लघुवित्तहरुलाई नेपाल राष्ट्र बैंकले कि त मर्जरमा जान कि त एक्वाएरमा जान निर्देशन दिएको अवस्था छ, स्वाभिमान लघुवित्तले मर्जर वा एक्वाएरको तयारी गरेको छ कि छैन ?

नेपाल राष्ट्र बैँंकले लघुवित्त संस्थाहरुलाई मर्जरका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा भएकाे Cross holding investment का आधरमा मर्जर गर्न जोड दिएको छ । हाम्रो स्वाभिमान लघुवित्त पनि Cross holding investment मा परेको छ । सो मूताविक मर्जरका लागि कार्ययोजना पेश गर्न छलफल थालेको छ । सकेसम्म हामी प्रदेश स्तरकै संस्थाको रुपमा रहन चाहन्छौ   ।

लघुवित्त संस्थाहरुको उदेश्य प्राप्तीका लागि नेपाल राष्ट्र बैँक वा नेपाल सरकारले नितिगत सूधार गर्नूपर्ने केही देख्नू भएको छ ? 

लघुवित्त संस्थाहरुको उदेश्य प्राप्तीका लागि नेपाल राष्ट्र बैंक वा नेपाल सरकारले संस्थामा आवद्ध ग्राहकहरुलाई पनि लगानीमा सहभागिता गराउनू आवश्यक छ । यसको लागि public Share holding को केही प्रतिशत ग्राहकहरुलाई अनिवार्य शेयर दिनूपर्ने व्यवस्था गरी नितिगत सूधार गर्नू आवश्यक छ । ग्रामिण समूदायका विपन्न परिवारलाई समेटे नसमेटेको सन्दर्भमा नेपाल राष्ट्र बैंकले निरीक्षणका दौडान पनि हेर्नू पर्दछ । साथै लघुवित्त संस्थाहरुलाई आत्मनिर्भर बनाउनका लागि स्प्रेडदर बमोजिम ब्याजदर निर्धारण तथा बैँक तथा वित्तीय संस्थाहरुले लघुवित्त संस्थाहरुमा कर्जा लगानी गर्दा लिदै आएको अधिकत्तम प्रिमियमलाई बन्देज लगाउनू पर्ने र प्रिमियम दर पटक पटक बढाउन नपाउने व्यवस्थाको कडाईका साथ पालना / नियमन गर्नू पर्दछ । 

अन्त्यमा, लघुवित्तको दिगो विकासका लागि MFAN ले के कस्ता कार्यक्रमहरु गर्दा उपयूक्त हूने देख्नूहुन्छ  ? 

लघुवित्त वित्तीय संस्थाको दिगो विकासका लागि माईक्रोफाइनान्स एसोसिएसन अफ नेपालले अभिभावकिय भूमिका खेल्नू पर्दछ । लघुवित्त वित्तीय संस्थाहरुमा आएको नीतिगत विचलन हटाउन खास गरी संचालक समितिका पदाधिकारीहरुले लघुवित्त संस्थाको वास्तविक Vision,Mission & objectives पालना गर्न गराउन जिम्मेवार हूनू आवश्यक छ । लघुवित्त संस्थाको दिगो विकासका लागि माथि उल्लेखित समस्याहरुको समन्वयकारी भुमिका माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल  (MFAN) ले लिनू मनासिव हून्छ ।

प्रतिकृया दिनुहोस्