×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

रामपुरकाे चुनावी रस्साकस्सी : यस्ताे छ पहिले र अहिले

रामपुरकाे चुनावी रस्साकस्सी : यस्ताे छ पहिले र अहिले

बिश्वबन्धु भण्डारी - देशैभर चुनावी रौनक छाईरहेका बेला पाल्पाको रामपुर नगरपालिकामा पनि चुवावी माहोल एकाएक बढेको छ । आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न बिभिन्न पार्टीका उम्मेदवारहरु सहित कार्यकर्ता तथा शुभेच्छुकहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । २०७४ मा भएको स्थानिय निर्वाचनमा नेपाली कांग्रेसले नगर प्रमुख र उपप्रमुख सहित ६ वडामा वडा अध्यक्ष र सदस्यहरूमा जित हासिल गरेको थियो भने ४ वटा वडा नेकपा एमालेले जितेको थियो । यसपालीको निर्वाचनमा अघिल्लो निर्वाचनको विडो थाम्दै थप वडाहरुमा आफ्ना उम्मेदवारहरु जिताउने कसरतमा नेपाली कांग्रेस लागिरहेको छ भने नेकपा एमाले पनि आफ्नै पक्षका उम्मेदवारहरुलाई जिताउन लागिरहेको छ ।

साविकका गेझा, खालिवन,रामपुर,दर्छा र गाँडाकोट गाविस मिलेर बनेको रामपुर नगरपालिकामा अघिल्लो २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रमण बहादुर थापाले ८८८५ मत ल्याएर नगरप्रमुखमा जित हासिल गरेका थिए उनका निकटतम प्रतिद्धन्दी थिए नेकपा एमालेका राजु श्रेष्ठ । उनले ७६७६ मत ल्याएर उपविजेतामा चित्त बुझाएका थिए । उत्त निर्वाचनमा रमण र राजु सहित नगर प्रमुखमा राष्ट्रिय जनमोर्चावाट रेश्मराज कँडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीवाट कृष्ण प्रसाद अर्याल र स्वतन्त्रमा रोमन बहादुर रानाको पनि उम्मेदवारी परेको थियो उनिहरुले क्रमश ११४, ४९ र १४ मत प्राप्त गरेका थिए । यसपालिको स्थानिय तह निर्वाचनमा उनै पुर्व नगर प्रमुख रमण बहादुर थापा नेपाली कांग्रेसको तर्फवाट नगरप्रमुखका उम्मेदवार छन् भने एमालेले शिव अर्याललाई उम्मेदवार बनाएको छ । नगर प्रमुखमानै राष्ट्रिय प्रजातन्त्र पार्टीवाट राजेन्द्र ढकाल, जनता समाजवादी पार्टी नेपालका तर्फवाट निराजन रेग्मी, मंगोल नेशनल अर्गनाइजेसनवाट माया सुनारी र स्वतन्त्र वाट प्रेम प्रकाश श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसवाट उपप्रमुखमा उम्मेदवारी दिएर ८५२८ मत सहित निर्वाचन जितेकी बिष्णु देवि आचार्य यसपाली उम्मेदवार बनेकी छैनन् नेपाली कांग्रेसले यसपाली बाल कुमारी थापालाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा आचार्यको निकटतम प्रतिद्धन्दी थिईन नेकपा एमालेकी दुर्गा देवि राना उनले ७९२४ मत ल्याएर उपविजेतामै चित्त बुझाउनु परेको थियो एमालेले यसपाली पनि उनै रानालाई उपप्रमुखको टिकट दिएको छ । अघिल्लो निर्वाचनमा बिष्णु र दुर्गा सहित नगर उपप्रमुखमा राष्ट्रिय जनमोर्चावाट सावित्री देवी गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीवाट दन्त कुमारी के सी, स्वतन्त्रमा विष्णु बहादुर घर्ति,क्षेत्री र माया सुनारीले उम्मेदवारी दिएका थिए उनिहरुले क्रमश १११, ८०, १२ र १० मत प्राप्त गरेका थिए ।

यसपालिको निर्वाचनमा भने अघिल्लो निर्वाचनमा स्वतन्त्रवाट नगर उपप्रमुखमा उम्मेदवार बनेकी उनै माया सुनारीले मंगोल नेशनल अर्गनाइजेसनको तर्फवाट नगरप्रमुखमा उम्मेदवारी दिएकी छिन् भने मंगोल नेशनल अर्गनाइजेसनवाट उपप्रमुखमा भिम बहादुर आलेको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीवाट गायत्री न्यौपाने सहित जम्मा ४ जनाले मात्रै उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

अघिल्लो निर्वाचनमा रामपुर नगरपालिकाको वडा नं २, ४, ५, ६ ,७ र ८ मा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित अधिकांश सदस्यहरुमा जित हासिल गरेको थियो । वडा नं ७ मा खुल्ला सदस्यमा निर्वाचित कमलराज भट्राई र ८ को खुल्ला सदस्यमा निर्वाचित भगवान अधिकारी भने एमालेका थिए । वडा नं ७ को खुल्ला सदस्यमा एमालेका कमलराज भट्टराई र कांग्रेसका टिकाराम रेग्मीले बराबर ७६६ मत प्राप्त गरेपछि गोला प्रथा गर्दा भट्टराईको भाग्यले जित हासिल गराएको थियो । २ को वडा अध्यक्षमा कांग्रेसका तारा बहादुर थापा ५६८ मत सहित पुरै प्यानल, ४ मा कांग्रेसका एक बहादुर सार्की ९९४ मत सहित पुरै प्यानल, ,५ मा कांग्रेसका हिमाल मल्ल १४६७ मत सहित पुरै प्यानल, ६ मा कांग्रेसकै हुमानाथ न्यौपाने १०८० मत सहित पुरै प्यानल ,७ मा कांग्रेसका तिर्थ प्र पंगेनी ७९५ मत सहित अन्य तिन सदस्य, ८ मा कांगेसका बोम बहादुर नामजाली ९०३ मत सहित अन्य ३ सदस्यमा जित हासिल गरेको थियो ।

रामपुरको वडा नं १, ३, ९ र १० मा भने नेकपा एमालेले वडा अध्यक्ष सहित पुरै प्यानल जित हासिल गरेको थियो । वडा नं १ मा ७८५ मत सहित एमालेका मित्रलाल कंडेल, ३ मा १०९४ मत सहित एमालेका दिनेश कुमार खनाल, ९ मा ६६७ मत सहित एमालेका इच्छाराम थापा सिंजाली र  १० मा १२१३ मत सहित लिल बहादुर गाहाले निर्वाचन जितेका थिए ।

यसपालीको चुनावमा अघिल्लो निर्वाचनमा जस्तै कांग्रेस र एमालेले १० वटै वडा बाट अध्यक्ष सहितको उम्मेदवार पठाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ वटा वडा र नेकपा एकिकृत समाजबादीले २ वटा वडामा अध्यक्ष सहितको उम्मेदवारको मनोनयन दर्ता गराएको छ । 

रामपुर १ र ३ को वडा अध्यक्षमा कांग्रेस बाट अघिल्लो निर्वाचनमा पनि वडा अध्यक्षको उम्मेदवार बनी पराजित भएका कपिल बहादुर खाँण र उमानाथ अर्यालनै यसपाली उम्मेदवार बनेका छन्, २ मा कृष्ण बहादुर दर्जी, ४ मा राम बहादुर राना, ५ मा दुर्गा प्रसाद पोखरेल, ६ मा दिवाकर देवकोटा,७ मा दोवराज तिवारी,८ मा मोहन श्रेष्ठ, ९ मा डिल बहादुर राना र १० मा विजय रानाको मनोनयन दर्ता भएको छ । वडा नं ८ को अध्यक्षमा उम्मेदवारी दिएका मोहन प्र श्रेष्ठ अघिल्लो निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए ।

यता नेकपा एमाले बाट रामपुर १ को अध्यक्षमा मिन बहादुर खाँण, २ मा कृष्ण बहादुर थापा, ३ मा  दामोदर पाठक, ४ मा विष्णु बहादुर सारु, ५ मा श्याम कुमार श्रेष्ठ, ६ मा जनक भण्डारी, ७ मा शंकर प्रसाद गौतम, ८ मा दिनेश आचार्य, ९ मा नेत्र बहादुर गाहा र १० मा तोयानाथ सारुको मनोनयन दर्ता भएको छ । वडा नं ८ को उम्मेदवार बनेका दिनेश आचार्य ७४ सालको निर्वाचनमा पनि उम्मेदवार बनि कांग्रेसका बोम बहादुर नामजाली सगँ पराजित भएका थिए ।

अघिल्लो निर्वाचनमा २ वटा वडामा मात्रै उम्मेदवारी दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपाली भने ६ वटा वडामा उम्मेदवारी दिएको छ । वडा नं. ३ मा गोविन्द भट्टराई, वडा नं. ४ मा मोहम्मद अलीम, वडा नं. ५ मा दुर्गा प्रसाद पोखरेल, वडा नं. ६ मा हरि प्रसाद भण्डारी, वडा नं. ८ मा कृष्ण प्रसाद अर्याल र वडा नं. १० मा विष्णु प्रसाद भण्डारी (ध्रुव) लाई राप्रपाले वडा अध्यक्षको उम्मेदवार बनाएको छ । ७४ सालको निर्वाचनमा वडा नं १० वाट उम्मेदवार बनी ६ मत ल्याएका विष्णु प्रसाद भण्डारी (ध्रुव) यसपाली पनि उत्त वडामै अध्यक्षका उम्मेदवार छन् ।

यसपालीको निर्वाचनमा नेकपा एकिकृत समाजवादी बाट वडा नं. ३ को अध्यक्षमा श्रीधर पराजुली, वडा नं. १० को अध्यक्षमा कृष्ण प्रसाद भण्डारी चुनावी मैदानमा उत्रिएका छन् भने ७४ को निर्वाचनमा नगर उपप्रमुख सहित वडा नं १ को वडा अध्यक्ष र केहि सदस्यहरुमा उम्मेदवारी दिएको राष्ट्रिय जनमोर्चाले यसपाली नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएको हो । ७४ को निर्वाचनमा वडा नं २ मा एमालेसगँ मिलेर उम्मेदवारी दिएको माओवादी केन्द्रले पनि यसपाली नेपाली कांग्रेसका उम्मेदवारहरुलाई सघाउने भएको हो । 
 

प्रतिकृया दिनुहोस्