×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

भीम रावलको बाबुरामलाई जवाफ, पिएचडी नक्कली सीमापारि हुन्छ, त्रिविमा हुन्न

भीम रावलको बाबुरामलाई जवाफ, पिएचडी नक्कली सीमापारि हुन्छ, त्रिविमा हुन्न

काठमाडौं-एमाले नेता भीम रावलले आफ्नो पिएचडी नक्कली नभएको भन्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नै पिएचडी नक्कली हुन सक्ने जवाफ दिएका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर भट्टराई-रावल आरोप प्रत्यारोप चलेको छ । रावलले बाबुराम प्रधानमन्त्री भएकै बेला कसैसँग सल्लाह नै नगरी एमसीसीसँग पत्राचार गरी टोली गठन गरेको दाबी गरेपछि बाबुरामले रावलको पिएचडीमाथि नै प्रश्न उठाएका थिए । 

बाबुरामले लेखेका थिए, ‘यी कण @BhimRawal179 ले पिएचडी गरेको भनेर नाउॅको अगाडि ‘डा.’ पनि झुण्ड्याउॅछन् । विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत, मिति, स्थान खुलाउनुपर्छ। उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहॉ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पिएचडी हुन् ?’

त्यसको जवाफ दिँदै मंगलबार रावलले लेखेका छन्, ‘बाबुरामजी प्रम हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु । त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो तर जानकारीसम्म गराइएन । पिएचडी नक्कली सीमापारि हुने गरेको सधैं चर्चा हुन्छ, त्रिविविबाट पिएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न ।’

स्मरण रहाेस् बाबुरामले भारतकाे जवाहारलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।

प्रतिकृया दिनुहोस्