काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रुपैयाँ ८० पैसा र बिक्री दर १३२ रुपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ०० पैसा र बिक्री दर १४० रुपैयाँ ६४ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ६१ पैसा र बिक्री दर १५९ रुपैयाँ ३४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुस् विदेशी मुद्राको विनिमय दर: