×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौं १ मा फेरि प्रकाशमान विजयी, हेर्नुहोस अरुले कति मत ल्याए ?

काठमाडौं १ मा फेरि प्रकाशमान विजयी, हेर्नुहोस अरुले कति मत ल्याए ?

काठमाडौं - काठमाडौं १ बाट फेरि प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंह ७ हजार १४३ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंह ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७०१८ मत पाएका छन् । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४११५ मत ल्याएका ल्याउदा एमालेका किरण पौडेलले ३५३२ मत ल्याएका छन्। नेपाल सुशासन पार्टीका रमेश खरेलले पनि ३१२४ मत ल्याएका छन्।

सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका सिंहले पार्टीको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् । कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री थिए ।

 

प्रतिकृया दिनुहोस्