×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंको तारकेश्वरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको तारकेश्वरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं– काठमाडौंको तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु भएको छ। गएराति तारकेश्वर नगरपालिका ७ फुटुङमा बा ३५ प ५२५० नम्बरको मोटरसाइकल दुर्घटना हूँदा सोही ठाउँका ३० वर्षीय सुरेश लामाको मृत्यु भएको हो।

तीव्र गतिमा रहेको मोटरसाइक बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी तारकेश्वर ८ गैरीगाउँ निवासी हुन्।
दुर्घटनामा गम्भीर घाइते लामालाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा राति नै उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।

प्रतिकृया दिनुहोस्