काठमाडौं- प्रधान मन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसनिकट नेपाल कर्मचारी यूनियनको अधिवेशनलाई सम्बाेधन गर्दै प्रधान मन्त्री देउवाले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी निजामती सेवालाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको छ, याे चाँडै जारी हुन्छ,’ प्रधान मन्त्री देउवाले भनेका छन् ।