भारतको लखनउमा बस दुर्घटना, ३ नेपालीसहित ४ जनाको मृत्यु(नामसहित)
पुस २५, २०७९काठमाडौं - भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस लखनउ नजिकै उन्नाउमा दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् । दुर्घटना कैलाली टीकापुर नगरपालिका-१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको पुष्टी भएको छ ।
सबै पढ्नुहोस