कांग्रेसमा क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न माग
भदौ ६, २०७८नेपाली कांग्रेसका जिल्ला सभापतिले अविलम्ब क्रियाशील सदस्यको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गरेका छन्। काभ्रेपलाञ्चोकका पार्टी सभापति मधु आचार्यले जिल्ला सभापतिका तर्फबाट शनिबार केन्द्रीय सभापतिलाई पत्रमार्फत क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानबिन गरेर मात्र अन्तिम रुप प्रदान गर्न माग गरेका हुन्।
सबै पढ्नुहोस