लुम्बिनी अल स्टार्सलाई नेपाल टी-२० लिगकाे उपाधि
पुस २७, २०७९काठमाडौँ- लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंसलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधिमा कब्जा जमाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा १३३ रन बनाएर अलआउट भयो । लुम्बिनीका लागि ओपनरद्वय हरमित सिंहले ३० रन र लाहिरु मिलन्थाले ४१ रन जोडेका छन् ।
सबै पढ्नुहोस