×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पशुपतिको आरतीमा सहभागी हुँदै एमाले अध्यक्ष ओली

पशुपतिको आरतीमा सहभागी हुँदै एमाले अध्यक्ष ओली

साउन १६, २०७९

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ पशुपतिको विशेष आरतीमा सहभागी हुने भएका छन् । प्रेस संयोजक रामशरण बजगाइँका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आरतीमा सहभागी हुन आज साँझ साढे ५ बजे पशुपति पुग्नेछन् । पशुपति बागमती गंगा आरती परिवारको वार्षिकोत्सवमा सहभागी हुन उनी पशुपति जान लागेका हुन् । आरतीमा सहभागी भएसँगै ओलीले मन्दिरको पनि दर्शन गर्ने कार्यक्रम छ।  

सबै पढ्नुहोस