×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाल ‘ए’ टोलीले आज क्यानडासँग दोस्रो अभ्यास खेल खेल्दै

नेपाल ‘ए’ टोलीले आज क्यानडासँग दोस्रो अभ्यास खेल खेल्दै

काठमाडौं - नेपाल ‘ए’ र क्यानडा ११ बीचको दोस्रो अभ्यास खेल आज हुँदैछ । खेल मूलपानीमा रहेको  क्रिकेट मैदानमा साढे ९ बजेदेखि शुरु हुनेछ ।

अस्ति आइतवार भएको पहिलो खेलमा नेपाल ‘ए’ क्यानडासँग ४ विकेटले पराजित भएको थियो । तीन खेलको शृङ्खला जोगाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ ।

तेस्रो तथा अन्तिम अभ्यास खेल पर्सि बिहीवार हुनेछ । यसअघि नेपालले क्यानडासँगको तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको थियो । 

प्रतिकृया दिनुहोस्