×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङमा आर्मीलाई पाँचौँ स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङमा आर्मीलाई पाँचौँ स्वर्ण

काठमाडौँ- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार भएको फेन्सिङको पुरुष टिम ईपीमा  विभागीय टोली नेपाल आर्मी क्लबले स्वर्ण पदक जितेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार भएको फेन्सिङको पुरुष टिम ईपीमा  विभागीय टोली नेपाल आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।

पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा शुक्रबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ४५–२८अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो। आर्मीका लागि यो फेन्सिङमा पाँचौँ स्वर्ण पदक हो।

यो स्पर्धामा गण्डकी र बागमती प्रदेशले कास्य पदक हात पारे। फेन्सिङतर्फ समान ६ खेल व्यक्तिगत तथा टिम इभेन्टका खेल भएका थिए।फेन्सिङमा आर्मी टिम च्याम्पियन समेत बनेको छ। आर्मीले ५ स्वर्ण,५ रजत र ७ कास्यसहित १७ पदक जित्यो।    

बागमती ४ स्वर्ण, ३ रजत १ कास्यसहित ८,एपिएफ २ स्वर्ण,४ रजत र ७ कास्यसहित १३ पदक हात पारे। त्यसैगरी सुदूरपश्चिम प्रदेशले १ स्वर्ण २ कास्यसहित ३ पदक,गण्डकी प्रदेशले ४ कास्य तथा प्रदेश १ले ३ कास्य पदक जिते। 

प्रतिकृया दिनुहोस्