×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अटाेमाेवाइल्स

टीभीएसको नयाँ बाइक राइडर-१२५ सार्वजनिक,नेपाल कहिले आइपुग्छ हेर्नुहोस !

टीभीएसको नयाँ बाइक राइडर-१२५ सार्वजनिक,नेपाल कहिले आइपुग्छ हेर्नुहोस !

काठमाडौं -  टी.भी.एस मोटर्स कम्पनी उत्पादित १२५ सीसी क्षमता भएको नयाँ  मोटरसाइकल भारतीय बजारमा  सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक स्पोर्टी कम्यूटर सेगमेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो ।

निकै स्टाइलिस डिजाइनमा आएको राइडर १२५ को मूल्य ७७ हजार ५०० (एक्स शोरुम) कायम गरिएको छ । कम्पनीले यसमा १२४.५ सीसी क्षमताको सिंगल सिलिण्डर एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ७५०० आरपीएममा ११.२२ हर्स पावर र ६००० आरपीएममा ११.२ एनएम टर्क प्रदान गर्छ । ५ स्पीड गियरबक्स दिइएको यो मोटरसाइकलले ०-६० किलोमिटरको स्पीड केवल ५.९ सेकेन्डमा भेट्टाउने कम्पनीले जनाएको छ ।

अपाचे आरटीआर १६० फोर भीबाट प्रेरित एलइडी हेडल्याम्प, सि आकारको एलइडी डे टाइम रनिङ लाइट, ५ इन्चको टिएफटी इन्ट्रुमेन्ट क्लष्टर यसमा पाउन सकिन्छ ।

स्प्लीट सिट, सिंगल पिस ग्राबरेल, आल्मुनियम अलोय ह्वील, रबर ब्रेक प्याडल, सार्प बडी लुक्स, राइडर थ्रिडी लोगो, थ्रिडी हर्स लोगो, मस्कुलर फ्यूल ट्यांक, अपराइट ह्याण्डलबार, अगाडि २४० एमएमको पेटल डिस्क ब्रेक, पछाडि १३० एमएमको ड्रम ब्रेक, अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ ।

१० लिटर क्षमताको इन्धन ट्यांक, १७ इन्चको टायर, १३२६ एमएमको ह्वीलवेस, ७८० एमएमको सिट हाइट नयाँ राइडर १२५ का मुख्य विशेषता हुन् ।

टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले राइडर १२५ नेपाल ल्याउने प्रक्रिया सुरु गरिसकेको जनाएको छ । संभवत १५ दिन भित्रै नयाँ राइडर नेपाली बजारमा विक्री सुरु हुने छ ।

यसको सिधा प्रतिस्पर्धा बजाज पल्सर १२५ र होन्डा सिबी साइनसँग हुने देखिन्छ । बीएस ६ इन्जिनमा उपलब्ध हुने भएकोले यसको मूल्य २ लाख ५५ हजार हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्