×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

स्पष्टीकरणले एकतालाई बिथोल्छ : नेपाल समूह

स्पष्टीकरणले एकतालाई बिथोल्छ : नेपाल समूह

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाअनुसार अध्यक्ष केपी शर्मा ओलीले एकता विरोधी काम गरिरहेको आरोप लगाएको छ । सर्वोच्चको फैसलाअनुसार स्वविवेकीय अधिकार प्रयोग गर्दै अघि बढेका २२ सांसदलाई स्पष्टीकरण सोध्ने कदम एकता विरोधी रहेको बैठकले निष्कर्ष निकालेको हो ।

बुधबार (आज) नयाँ बानेश्वरमा बुधबार बसेको नेपाल समूहको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई स्पष्टीकरण सोध्ने र नेता नेपालविरुद्ध नाराबाजी र पुतला दहनको काम एकता विरोधी भएको निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । भने— ‘नेता नेपालविरुद्धको नाराबाजी र पुतला दहन एकता विरोधी काम हो,’ नेता पन्तले भने— ‘सांसदहरूलाई आतंकित पार्ने गतिविधिले एकतालाई बिथोल्छ । यस्ता गतिविधि रोक्दै एकतामा जोड दिन अध्यक्ष ओलीलाई ध्यानाकर्षण गराएको छ ।’

गत ४ गते बसेको दशौं केन्द्रीय कमिटीको बैठकले नेपाल समूहका २२ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण पत्रमा जवाफ चित्तबुझ्दो नआएमा कारबाही गरिने चेतावनी दिइएको छ ।

 
 

प्रतिकृया दिनुहोस्