×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अटाेमाेवाइल्स

अग्नि इनर्जीले ल्यायो नयाँ विद्युतीय सवारी ‘महिन्द्रा ट्रियो झोर’

अग्नि इनर्जीले ल्यायो नयाँ विद्युतीय सवारी ‘महिन्द्रा ट्रियो झोर’

काठमाडौं - नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलको आधिकारिक वितरक अग्नि ग्रू्रपको सहायक कम्पनी अग्नि इनर्जीले  महिन्द्राको पछिल्लो उत्पादन ‘महिन्द्रा ट्रियो  झोर’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले बिहीवारदेखि शुरू हुने नाडा ईभी एक्स्पोमा उक्त सवारीसाधन सार्वजनिक गर्दै छ । ‘ट्रियो झोर एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–ह्वीलर पिकअप हो,’ कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यसलाई उत्कृष्ट ग्राहक मूल्य प्रदान गर्न अत्याधुनिक प्रविधिका साथ विकसित गरिएको छ । साथै प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्न तीन भेरियन्टमा उपलब्ध छ ।’

नाडा ईभी अटो एक्स्पोमा महिन्द्रा इलेक्ट्रिक तीनपांग्रे ट्रियो ई–रिक्सा, ट्रियो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रियो पिकअप समेत अवलोकन गर्न पाइने कम्पनीले बताएको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा यी तीन विद्युतीय सवारीसाधन खरीद गर्दा ग्राहकले स्क्य्राच कार्डमार्फत आकर्षक नगद पुरस्कार र एक लाख रुपैयाँको बम्पर पुरस्कार समेत पाउने कम्पनीले जानकारी दिएको छ । असोज १ गतेदेखि लागू भएको यो अफर आगामी कात्तिक १५ गतेसम्म कायम रहने बताइएको छ ।

प्रतिकृया दिनुहोस्