×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतमा आयो अहिलेसम्मकै सस्तो इलेक्ट्रीक कार

भारतमा आयो अहिलेसम्मकै सस्तो इलेक्ट्रीक कार


काठमाडौं - भारतमा अहिलेसम्मकै सबैभन्दा सस्तो कार सार्वजनिक भएको छ । ईभी स्टार्टअप कम्पनी पीएमभीले पहिलो स्मार्ट माइक्रो कार सार्वजनिक गरेको हो ।

मूल्यका हिसावले भारतकै सबैभन्दा सस्तो इलेक्ट्रीक कारको नाम ईएएस–ई राखिएको छ । यसको मूल्य ४ लाख ७९ हजार भारतीय रुपैयाँ तोकेर विक्री सुरु गर्न लागिएको हो । नेपाली मूल्यमा हेर्ने हो भने यो माइक्रो कारको मूल्य ७ लाख ६६ हजार रुपैयाँ पर्नेछ ।

पीएमभी कम्पनीले माइक्रो कारको मूल्य सार्वजनिक गर्दै सहर केन्द्रीत सवारीमा आफ्नो गाडी उत्कृष्ट हुने दावी गरेको छ । यसअघि नै करिब ६ हजार ग्राहकले यसलाई बुकिङ गरेर बसेका छन् ।


माइक्रो कारको रेन्ज पनि उत्कृष्ट रहेको छ । कम्पनीले यसलाई तीन फरक ब्याट्री अप्सनमा ल्याउने जनाएको छ । यसमा रहने ब्याट्रीले सिंगल चार्जमा १२०, १६० र २०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

यसमा ४८ भोल्ट लिथियम आइरन फस्फेट ब्याट्री रहने छ । यसलाई ४ घण्टाभन्दा कम समयमै चार्ज गर्न सकिन्छ । कम्पनीले यसमा १० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । टर्क भने ५० एनएम प्रदान गर्छ । कारको टप स्पीड क्षमता भने ७० किलोमिटर प्रतिघण्टा रहने छ ।

यसमा डिजिटल इन्फोटेनमेन्ट सिस्टम, यूएसबी चार्जिङ पोर्ट, एयर कन्डिसनर, किलेस इन्ट्री, रिमोट पार्क असिस्ट, क्रुज कन्ट्रोल, विभिन्न राइडिङ मोड, ब्लुटुथ कनेक्टिभिटी, अनबोर्ड नेभिगेसन, कनेक्टेड स्मार्टफोन कल कन्ट्रोल जस्ता फिचर छन् ।

१७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको कारको लम्बाई २९१५ एमएम, चौडाई १३१२ एमएम र उचाई १६०० एमएम र ह्वीलवेस २०८० एमएम छ ।

प्रतिकृया दिनुहोस्