×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रधान मन्त्रीकाे दाबी- ‘अत्यावश्यक वस्तुको अभाव छैन, महँगी नियन्त्रणमै छ’

प्रधान मन्त्रीकाे दाबी- ‘अत्यावश्यक वस्तुको अभाव छैन, महँगी नियन्त्रणमै छ’

काठमाडाैँ- प्रधान मन्त्री शेरबहादुर देउवाले देशमा अत्यावश्यक वस्तुकाे अभाव नरहेकाे दाबी गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बाेधन गर्दै प्रधान मन्त्री देउवाले भने,’मैले सरकारको नेतृत्व गरेपछि आर्थिक समाजिक रुपान्तरणमा जोड दिएको छु । उत्पादनमुखी अर्थतन्त्रलाई जोड दिएको छु,’प्रधान मन्त्रीले भने,’आपूर्ति व्यवस्था सुधार गरी महँगी नियन्त्रणमा गरेको छु । भ्रष्टाचार नियन्त्रणमा काम भएका छन् । अत्यावश्यक वस्तुको कुनै अभाव छैन ।’

प्रधान मन्त्री देउवाले आफूले नेतृत्व गरेकाे सरकार सही दिशामा अगि बढिरहेकाे पनि बताए । ‘देशमा महँगी नियन्त्रणमै छ,’ प्रधान मन्त्रीले भने, ‘यसाे हुँदा सरकार ठिक दिशामै अगि बढिरहेकाे छ ।’

उनले कोभिड १९ को संक्रमण र तेस्रो लहर नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बढाइएको पनि दाबी गरे । ‘सकेसम्म जनजीवनमा कम असर गर्ने गरी व्यवस्था मिलाइनेछ, अत्यावश्यक वस्तुको अभाव छैन । धानबालीको क्षतिको राहत दिलाउने काम भएको छ,’ प्रधान मन्त्री देउवाले भनेका छन् ।

प्रतिकृया दिनुहोस्