काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मुख्य विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन् । सभापति देउवासँग छलफलका लागि एमाले शीर्ष नेताहरुसहित प्रधानमन्त्री ओली बुढानिलकण्ठ पुगेका हुन् ।
ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि देउवा निवासमा छन् ।
वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको सन्दर्भमा ओली र देउवाबीचको यो भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । तर कांग्रेसले यसअघि नै प्रधानमन्त्री ओलीलाई असहयोग गर्ने निर्णय गरिसकेको छ ।
बूढानिलकण्ठ स्रोत भन्छ्, ‘प्रतिनिधिसभाको आगामी बैठकको कार्यसूचीबारे प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका सभापतिसँग छलफल गर्न चाहनु भएको हो । भेटकाक्रमा प्रधानमन्त्रीज्यूले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।’