कांग्रेस नेता पक्राउ : इजरायल पठाइदिने भन्दै १५६ युवाबाट २.५ करोड उठाएको आरोप
असोज ११, २०८३काठमाडौं । नेपाली कांग्रेसका नेता भरत चौलागाईं पक्राउ परेका छन्। इजरायलमा रोजगारी दिलाइदिने भन्दै युवाबाट रकम उठाएको आरोपमा प्रहरीले चौलागाईंसँगै प्रेस युनियनकी केन्द्रीय सदस्य बालिका सिवाकोटीलाई समेत पक्राउ गरेको हो । प्रहरीका अनुसार नेपाल सरकार र इजरायल सरकार बीचको G2G प्रक्रिया अन्तर्गत केयरगिभरका रूपमा इजरायल पठाउने भन्दै सरकारी छनोट प्रक्रियामा पर्न नसकेका व्यक्तिहरूलाई समेत आश्वासन दिइएको आरोप छ।
सबै पढ्नुहोस