एमाले नेता भीम रावलले दार्चुलामा नेपाल भूमीमा भारतले गरेको ज्यादतीप्रति बेवास्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । उनले नेपालको भू-भाग अतिक्रमण गरी सडक बनाउने काम जारी राखेको भए पनि प्रधानमन्त्री चुप बसेको भन्दै आलोचना गरेका हुन् ।
शनिबार ट्वीटरमार्फत नेता रावलले भारतले बाटो बनाउने क्रममा गरिएको विस्फोटले व्यास गाउँपालिकामा घोडेटो बाटो क्षतिग्रस्त भएको समाचार आए पनि सरकार चुप बसेको बताए । उनले देश र जनताको रक्षा गर्ने प्रमुख दायित्वबाट प्रधानमन्त्री र सरकार च्युत भइसकेका हुन् ? भन्दै प्रश्नसमेत गरे ।
‘भारतले दार्चुला जिल्लामा नेपालको भूभाग अतिक्रमण गरी सडक बनाउने काम जारी राखेको छ,’ उनले भनेका छन्, ‘यही क्रममा गरिएको बिष्फोटबाट व्यास गा.पा. मा घोडेटो बाटो क्षतिग्रस्त भएको समाचार छ । प्र.मं केपी र सरकार किन चुप? कि देश र जनताको रक्षा गर्ने प्रमुख दायित्वबाट प्र.मं. र सरकार च्युत भइसकेका हुन् ?’