×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रपतिद्वारा पौडेल क्यानडामा र नेपाल पोर्चुगलमा राजदूत नियुक्त

राष्ट्रपतिद्वारा पौडेल क्यानडामा र नेपाल पोर्चुगलमा राजदूत नियुक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेल र शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् । 

राष्ट्रपति कार्यालयका अनुसार पौडेल क्यानडाका लागि आवासीय नेपाली राजदूत नियुक्त भएका छन् । यस्तै नेपाल गणतन्त्र पोर्चुगलका लागि राजदूत नियुक्त भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । 

मन्त्रिपरिषद्को सिफारिसअनुसार यसअघि नै उनीहरूको संसदीय प्रक्रिया पुरा भइसकेको थियो । 
 

प्रतिकृया दिनुहोस्