नयाँ मौद्रिक नीति शुक्रबार पनि नआउने निश्चित भएको छ । यसअघि सरकार परिवर्तन भएसँगै शुक्रबारसम्ममा मौद्रिक नीति ल्याउने तयारी गरेको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मकालु खबरलाई बताएका थिए । तर, नवगठित सरकारका नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले ‘केही समय पर्खनुस्’ भनेपछि दोस्रो पटक तय गरिएको मितिमा पनि मौद्रिक नीति नआउने भएको राष्ट्र बैंकका अधिकारीले जानकारी दिएका छन् ।
सरकारले विश्वसाको मत पाएसँगै ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा संशोधन गर्न खोजेकोले मौद्रिक नीति समेत पछि धकेलिएको बुझिएको छ ।
मौद्रिक नीतिले बजेटका लक्ष्यहरु परिपूर्ति गर्ने दिशामा काम गर्नुपर्ने भएकोले मौद्रिक नीति समेत बजेट आएपछि नै सार्वजनिक गर्ने परम्परा रहँदै आएको छ । यसअघि साउनको पहिलो साताभित्रै आउने गरेको नीति यस पटक भने सरकार परिवर्तनसँधै धकेलिँदै गएको छ ।
यसअघि ३ साउनभित्र मौद्रिक नीति ल्याउने प्रयास गरिएको थियो । लगत्तै सरकार परिर्वतन भएकाले मिति शुक्रबारका लागि सरहेको थियो ।
राष्ट्र बैंक स्वायत्त नियका भएकोले यसले मौद्रिक नीति जस्तो प्राविधिक विषयमा कसैको हस्तक्षेप स्वीकार्नु नहुने मान्यता रहँदै आएको छ । तर, सरकारको आग्रहमा सारिँदै गएको मौद्रिक नीतिमा सरकारको हस्तक्षेप हुँदै गएको देखिएको छ ।