×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

राप्रपा अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख

राप्रपा अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउन १ लाख रुपैयाँ तिर्नुपर्ने भएकाे छ । बुधबारबाट राजधानीमा शुरू भएको राप्रपाकाे एकता महाधिवेनमा अध्यक्ष पदका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराउन शुल्कस्वरूप १ लाख रुपैयाँ तिर्नुपर्ने भएकाे हाे ।

यस्तै उपाध्यक्ष पदका लागि ७५ हजार तोकिएको छ । यसैगरी महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ तोकिएकाे छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिकृया दिनुहोस्