×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अस्कलमा चैत १८ गते स्ववियु चुनाब हुने

अस्कलमा चैत १८ गते स्ववियु चुनाब हुने

काठमाडौं - अमृत साइन्स क्याम्पस(अस्कल) मा चैत १८ गते स्ववियु निर्वाचन हुने भएको छ। आज क्याम्पसमा भएको छलफलपछि १८ गते निर्वाचन गर्ने निर्णय भएको हो। 

निर्वाचनको पुर्वसन्ध्यामा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । जसले गर्दा ५ चैतमा निर्वाचन हुन सकेकाे थिएन। बिहीबार क्याम्पस प्रशासनसँग अखिल क्रान्तिकारीको ताला खोल्ने सहमति भएको तियो। 

क्रान्तिकारीसँग सहमति भएपछि निर्वाचन गर्ने वातावरण बनेको हो। यसअघि उच्च अदालत पाटनले समेत यथाशीघ्र निर्वाचन प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेश जारी गरेको तियो। 

क्याम्पस प्रमुख डा. लोकबहादुर बरालले अब तोकिएको मितिमा निर्वाचन सम्पन्न हुने बताए।
 

प्रतिकृया दिनुहोस्