×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

झिनो अंकले बढ्यो सेयर बजार, काराेबार कित्ता र रकम दुबै घट्याे

झिनो अंकले बढ्यो सेयर बजार, काराेबार कित्ता र रकम दुबै घट्याे

काठमाडौँ- साताको सोमबार सेयर बजार झिनो अंकले बढेको छ । यस दिन सेयर बजार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ०.१५ अंकले बढेर १६६८.११ बिन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स भने ०.०५ अंकले घटेको छ । 

यस दिन कुल २२० कम्पनीका २३ लाख ४९ हजार १० कित्ता सेयर १ अर्ब ३४ करोड २२ लाख ३२ हजार ८ सय ३९ रुपैयाँमा कारोबार भयो ।

यस दिन बैंकिङ, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त र अन्य समूहको समूहगत सूचक बढेका छन् । बाँकी ७ ओटा समूहका समूहगत सूचक घटेका छन् ।

राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंक, स्वावलम्बन लघुवित्त, प्रभु इन्स्योरन्स जस्ता कम्पनीको सेयर मूल्य बढेका छन् ।

युनाइटेड मार्दी, साल्ट ट्रेडिङ, मैलुङ खोला जस्ता कम्पीको सेयर मूल्य घटेको छ । यस दिन १०० ओटा कम्पनीको सेयर मूल्य घट्दा ७७ ओटा कम्पनीको मूल्य बढेको छ ।

प्रतिकृया दिनुहोस्