×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

म यो कुर्सीको दुरुपयोग गर्दिन : सहरी विकासमन्त्री चौधरी

म यो कुर्सीको दुरुपयोग गर्दिन : सहरी विकासमन्त्री चौधरी

काठमाडौं- नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले बदबहाली गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिए लगत्तै सिंहदरबार पुगेर उनले पदबहाली गरेका हुन् । त्यस क्रममा मन्त्री चौधरीले होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै नहुने भन्दै आफ्नो कामको गति पनि सबैभन्दा स्पीडमा हुने दाबी गरेका हुन् ।

‘म सबैभन्दा बढीको स्पीड थ्री हण्ड्रेड, फोर हण्ड्रेडको स्पीडमा हिँड्छु’, मन्त्री चौधरीको भनाइ छ । उनले यसअघिका मन्त्रीले सुरु गरेका कामहरूलाई निरन्तरता दिने आफ्नो योजना रहेको पनि सुनाए । ‘हाम्रो स्टार्टिङ प्वाइन्ट जिरोबाट हुँदैन । यसअघिका मन्त्रीले गरेका काम ८० प्रतिशत कम्प्लिट भएका छन् भने बाँकी रहेका कामबाटै म काम सुरु गर्छु र १०० मा पुर्‍याउँछु’, मन्त्री चौधरीको भनाइ छ ।

उनले आफू मन्त्रीको पदमा रहेसम्म योग्यता, क्षमता, दृष्टिकोणले भ्याएसम्म इमानदार भएर काम गर्ने भन्दै कुर्सीको दुरुपयोग नगर्ने बताए । ‘म यो कुर्सीको दुरुपयोग गर्दिनँ । हामी थोरै समयका लागि यो ठाउँमा आएका छौँ र धेरै गर्नुपर्नेछ ।’

 

प्रतिकृया दिनुहोस्