काठमाडौँ - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट अत्यधिक मतसहित सभापतिमा निर्वाचित गगनकुमार थापालाई महामन्त्रीका उम्मेदवार एवं निवर्तमान महामन्त्री प्रदीप पौडेलले हार्दिक बधाई तथा शुभकामना दिएका छन्।
शनिबार मध्यान्ह सामाजिक सञ्जालमार्फत बधाई दिँदै पौडेलले कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक अभिभाराको प्रमुख नेतृत्व प्राप्त गरेकोमा थापाको सफल कार्यकालको कामना गरेका छन्। युग बदल्ने संकल्प लिएर अघि बढेको उल्लेख गर्दै पौडेलले चुनौतीका पहाडहरू भए पनि अलमलिने र थाक्ने छुट नरहेको स्पष्ट पारेका छन्। 'बदलिएको कांग्रेस, बदलिने देश' नै आफूहरूको कर्म र परिणाम बन्नुपर्ने भन्दै पौडेलले थापासँग इमानदार सहयात्रीका रूपमा सँगै रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।