×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

गठबन्धन दलभित्र सकस,सिट भन्दा बढि दाबी

गठबन्धन दलभित्र सकस,सिट भन्दा बढि दाबी

काठमाडौँ । आगामी मंसिर ४ गते तय गरिएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गरि चुनाव लड्ने तयारी गरेका सत्तारुढ गठबन्धनको सिट बाँडफाँटमा सकस हुने संकेत देखिएको छ । गठबन्धनमा रहेका पाँच दलको नेताहरुले माग गरेको सिटको संख्या जम्मा निर्वाचन क्षेत्रभन्दा धेरै देखिएपछि सिट बाँडफाँडमा समस्या हुने संकेत प्रष्ट देखिएको हो ।

हिजो बिहीबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा दलहरूले आफुले पाउनुपर्ने सिटको दाबी पेश गरेको थिए । जम्मा १६५ प्रतिनिधी सभा सदस्यका लागि गठबन्धन दलको नेताहरुले दाबी पेश गरेकोमा २२७ सिट पुगेको छ । गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सिट आफुले पाउनुपर्ने दाबी गरिरहँदा नेकपा माओवादी केन्द्रले ६० सिट पाउनुपर्ने माग गरेको छ ।

एकिकृत समाजवादीले ४० सिटमा दाबी गरेको छ भने जनता समाजवादीले २५ र राष्ट्रिय जनमोर्चाले जम्मा २ सिटको दाबी गरेको छ । सिट बाँडफाड कार्यदलमा गठबन्धनमा आबद्ध दलहरुले पेश गरेको सिटको दाबी हेर्दा सिट बाँडफाँट प्रक्रियामा ठुलै सकस पर्ने देखिएको छ ।

हालै माओवादीको चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति गरेका नेताद्वय वामदेव गौतम र डा। बाबुराम भट्टराईलाई तालमेलमा कसरी समेट्ने भन्ने विषयमा बैठकले कुनै निष्कर्ष निकालेको छैन । बिहीबार बसेको गठबन्धन बैठकले कार्यदललाई शुक्रबारसम्म देशभर संघ र प्रदेशमा कुन क्षेत्रमा कुन दलको कस्तो अवस्था छ भनेर तथ्यांक विश्लेषण गर्ने जिम्मेवारी दिएको छ ।

प्रतिकृया दिनुहोस्