काठमाडौँ- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गरेका छन् । पाण्डेले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् । अल्पमतमा परेपछि एमाले उपाध्यक्षसमेत रहेका नेता अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् । यसपछि एकीकृत समाजवादीका नेता पाण्डे मुख्यमन्त्री बनेका हुन् । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ जना नेता समावेश गरी मन्त्रिपरिषद् विस्तार गरेका छन् ।