प्रचण्ड प्रधानमन्त्री बनेपछि माओवादीको पहिलो बैठक : मन्त्रीमण्डल विस्तारमा छलफल
पुस ११, २०७९काठमाडौँ-अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्रीमा नियुक्ति भएसँगै पहिलो पटक नेकपा (माओवादी केन्द्र)को बैठक बसेको छ । बैठक अहिले बिहान ८ बजेबाट पार्टी कार्यालय पेरिस डाँडामा शुरु भएको छ । मन्त्रीमण्डल विस्तारबारे पदाधिकारीहरू बीच छलफल भइरहेको बताइएको छ । बैठकमा अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगायत पदाधिकारीहरूको उपस्थिति रहेको छ ।
सबै पढ्नुहोस