प्रधानमन्त्री प्रचण्डसहित माओवादीका मन्त्रीले दौरा सुरुवाल लगाएर शपथ खाने
पुस ११, २०७९काठमाडौँ- नेकपा माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्रीहरुले दौरा सुरुवाल लगाएर शपथ खाने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। उनको आज ४ बजे शपथग्रहण तय गरिएको छ।
सबै पढ्नुहोस