थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
साउन ३०, २०७९काठमाडौँ- नेपालमा थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार १ सय ५५ पिसिआर परिक्षण गर्दा ४ सय २७ जना र २ हजार ५ सय ८२ एन्टीजेन परिक्ष गर्दा ४ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ ।
सबै पढ्नुहोस