×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बजारमा ‘हरहर बासना अगरबत्तीको’

बजारमा ‘हरहर बासना अगरबत्तीको’

काठमाडौँ- हरितालीका तीज पर्व नजिकिँदै गर्दा कलाकारहरुले पनि तीज केन्द्रित गीतहरु धमाधम बजारमा ल्याएका छन् । यसै क्रममा चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेलले पनि ‘हरहर बासना अगरबत्तीको’ नामक तीज गीत बजारमा ल्याउनुभएको छ ।

पौडेलकै स्वर र शब्द रहेको गीतमा गायिका आशा बिसीले साथ दिनुभएको छ । रवि कार्कीले लय सङ्कलन गर्नुभएको यस गीतको म्युजिक भिडियोको निर्देशन विष्णु भट्टराईले गर्नुभएको छ भने म्युजिक एरेन्ज कृष्ण केसीको रहेको छ ।

‘हरहर बासना अगरबत्तीको, कसले माया गर्छ तिम्लाइ मैले जत्तिको’ गीतमा पौडेललाई छोरी स्वीकृति पौडेलले पनि अभिनयमा साथ दिएकी छिन् । नवीन पौडेलका यसअघि ‘बोल्नुपर्छ ओई’, ‘लेउ खुकुरी लेउ, प¥र्यो देशलाई चोट’, ‘कस्तो आयो जमाना’ लगायतका गीतहरु बजारमा आइसकेको छ । (रासस)

प्रतिकृया दिनुहोस्