चालु आर्थिक वर्षकाे एक महिनामै दुई अर्बको विद्युत निर्यात, थप १११ मेगावाट निर्यात प्रस्ताव
भदौ ५, २०७९काठमाडौं- चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत निर्यात
सबै पढ्नुहोस