सुनको मूल्य घट्यो, आज तोलामा कति ?
मङ्सिर २०, २०७९काठमाडौँ- लगातार बढेको सुन चाँदीको मूल्य आज भने केही घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
सबै पढ्नुहोस