जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले एक जना राज्यमन्त्री थपेका छन् । आइतबार नेकपा (एकीकृत समाजवादी)का नागेन्द्र राय यादवलाई मूख्य मन्त्रीले राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यादव सत्ता गठबन्धन दलको सहमतीमा राज्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि मन्त्रालयमा राज्यमन्त्रीमा सुरेश मण्डल रहेका थिए ।
उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी दिइएको यादवले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । उनलाई आइतबार बिहान मुख्यमन्त्री राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।