काठमाडौँ- यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस महारथी रियल म्याड्रिडलाई पराजित गरेको छ । घरेलु मैदान इतिहाद रंगशालामा सिटीले ४-३ को रोमान्चक जित हासिल गरेको हो ।
सिटीको जितमा केभिन डे ब्रुएना, ग्याब्रिएल जेसस, फिल फोडेन र बर्नार्डो सिल्भाले गोल गरे । रियलका लागि फरवार्ड करीम बेन्जेमाले २ तथा भिनिसियस जुनियरले १ गोल गरे ।
अब सेमिफाइनलको दोस्रो लिग रियल म्याड्रिडको घरेलु मैदानमा मे ५ मा हुने छ । रियल दोस्रो लेगमा पुनरागमन गर्ने सुरमा हुनेछ भने सिटी यसै लयलाई कायम राख्दै पहिलो उपाधिका लागि फाइनल पुग्न चाहन्छ ।