काठमाडौँ- फ्रान्स युइएफए नेशन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न युइएफए नेसल्स लिगको सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई ३-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । फ्रान्सको जितमा करिम बेन्जमा, किलियन एम्बाप्पे र थिओ हर्नान्डेजले एक/एक गोल गरेका थिए । त्यस्तै बेल्जियमका लागि यानिक कारास्को र रोमेलु लुकाकुले एक एक गोल गरेका थिए ।
अब फाइनलमा फ्रान्सले स्पेनको सामना गर्ने छ । स्पेन यसअघि इटालीलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । तेस्रो स्थानका लागि इटाली र बेल्जियमले प्रतिस्पर्धा गर्ने भएका छन् ।