×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेका हुन् : प्रचण्ड

हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेका हुन् : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गजेन्द्र हमाल नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेको बताएका छन् । शनिवार चितवनमा पत्रकारहरूसँग दाहालले यस्तो बताएका हुन् । हमाललाई प्रधानन्यायाधीश राणाको कोटाबाट मन्त्री बनाइएको आरोप लागेपछि ‘प्रचण्ड’ले उनी कांग्रेस भएको र कांग्रेसकै तर्फबाट मन्त्री बनेको दाबी गरेका हुन् । यस्तै अध्यक्ष दाहालले आगामी चुनावसम्म गठबन्धन बनाएरै अघि बढ्ने उल्लेख गरेका छन् ।

सांसद नै नरहेका तथा प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणाका जेठान हमाललाई नियुक्त गरेकोमा प्रधानमन्त्री देउवाकाे चौतर्फि आलोचना भइरहेको छ । देउवाले हमाललाई शुक्रवार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिकृया दिनुहोस्