×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मंसिर ४ काे निर्वाचन प्रयोजनार्थ अहिलेसम्म कति दल दर्ता भए आयोगमा ?

मंसिर ४ काे निर्वाचन प्रयोजनार्थ अहिलेसम्म कति दल दर्ता भए आयोगमा ?

काठमाडौं- आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि अहिले आयाेगमा धमाधम दलहरु दर्ता भइरहेका छन् । निर्वाचन आयाेगले साउन २२ गतेदेखि दर्ताका लागि आउन दलहरुलाई आह्वान गरेकाे थियाे ।

आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलका अनुसार आज (शुक्रवार) छ दिनभित्रमा ३३ दल दर्ता भएका छन् । आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएकोमा शुक्रवार साँझ ५ बजेसम्ममा ३३ दल दर्ता भएका हुन् ।

मुख्य राजनीतिक दलमध्ये नेकपा एमाले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भइसकेको छ भने कांग्रेस, माओवादी केन्द्र लगायतका दल दर्ता हुन बाँकी रहेको छ । दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युट लगायतका कागजात पेश गर्नुपर्दछ ।

प्रतिकृया दिनुहोस्