×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पौडेल समूहले भन्यो- क्रियाशील सदस्यताको टुंगो निष्पक्ष होस्

पौडेल समूहले भन्यो- क्रियाशील सदस्यताको टुंगो निष्पक्ष होस्

काठमाडौं :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यताको निष्पक्ष रुपमा अन्तिम टुंगो लगाउन माग गरेको छ । शुक्रबार बसेको बैठकले कांग्रेसको महत्वपूर्ण आधार नै क्रियाशील सदस्यता भएकाले त्यसलाई निष्पक्ष रुपमा टुंग्याउन माग गरेको हो ।

विधि र विधान अनुसार क्रियाशील सदस्यताको अन्तिम टुंगो लागोस् भन्ने आफूहरूको भनाइ रहेको नेता अर्जुननरसिंह केसीले बताए । अन्य पार्टीबाट आएकालाई कांग्रेसले बनाएको मापदण्डविपरीत क्रियाशील सदस्यता दिइएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको छ ।

बैठकमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, सुजाता कोइराला, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, दिलेन्द्र बडुलगायतका नेताहरू सहभागी थिए ।

प्रतिकृया दिनुहोस्