×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लमजुङमा दसैँमा १ सय ९४ वटा सवारी कारबाहीमा

लमजुङमा दसैँमा १ सय ९४ वटा सवारी कारबाहीमा

लमजुङ- नेपालीहरूको महान् चाड दसैँको समयमा लमजुङमा करिब २ सय सवारी कारबाहीमा परेका छन् । फूलपातीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म १ सय ९४ जटा सवारी कारबाहीमा परेका छन् ।

सवारी कारबाहीबाट १ लाख २४ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ । उक्त अवधिमा १९ वटा ट्रक/टिपर कारबाहीबाट ११ हजार ५०० रुपियाँ, ७ वटा बस कारबाहीबाट ४ हजार, ५० वटा कार जिप कारबाहीबाट ३१ हजार राजस्व सङ्कलन भएको छ ।

९ वटा ट्याक्टर कारबाहीबाट ६ हजार, ९६ वटा मोटरसाइकल कारबाहीबाट ६४ हजार ५०० रुपियाँ, १३ वटा अन्य सवारी कारबाहीबाट ७ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।

कार्यालयका अनुसार असोज १६ गते फूलपातीको दिन २५ वटा सवारी कारबाहीमा परेको छ । १६ हजार राजस्व सङ्कलन भएको छ ।

असोज १७ गते २० वटा सवारी कारबाहीबाट १२ हजार ५०० रुपियाँ राजस्व सङ्कलन भएको छ । असोज १८ गते २७ वटा सवारी कारबाहीबाट १८ हजार, असोज १९ गते २५ वटा सवारी कारबाहीबाट १७ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।

असोज २० गते २९ वटा सवारी कारबाहीबाट १८ हजार ५००, असोज २१ गते २४ सवारी कारबाहीबाट १६ हजार ५००, असोज २२ गते २१ सवारी कारबाहीबाट १२ हजार रुपियाँ, असोज २३ गते २३ वटा सवारी कारबाहीबाट १३ हजार ५०० रुपियाँ राजस्व सङ्कलन भएको छ ।

प्रतिकृया दिनुहोस्