×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

ओलीकाे सम्बाेधनमा चिनकाे प्रशंसा भारतकाे आलोचना

ओलीकाे सम्बाेधनमा चिनकाे प्रशंसा भारतकाे आलोचना

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुइ छिमेकी राष्ट्रहरूकाे बारेमा फरक फरक विचार राखेका छन् । उत्तरतिरकाे छिमेकी देश  चीनको खुलेर प्रशंशा गरेका छन्  भने दक्षिणतिरकाे छिमेकी देश भारतकाे भने निकै आलोचना गरेका छन्  ।  आज गोदावरीमा भएकाे  विधान महाधिवेशनमा सम्बोधन गर्दै  ओलीले दुइ छिमेकी राष्ट्रहरूकाे बारेमा फरक फरक विचार राखेका हुन् । उत्तरतिरकाे छिमेकी देश  चीनले विकास र गरिबी निवारणमा अभूतपूर्व सफलता हासिल गरेको भन्दै प्रशंशा गरेका हुन् भने भारतबाट हस्तक्षेपकारी व्यवहार भएको भन्दै दक्षिणतिरकाे छिमेकी देश आलोचना गरेका छन्

‘चीनले हासिल गरेको सफलता अभूतपूर्व छ,’ ओलीले भने, ‘चीन विश्वमै उदाहरणीय बनेको छ ।’ समाजवादी मुलुक बन्नेतर्फ सफलता हासिल गरेकोमा चीन र त्यहाँका जनतालाई बधाई छ । उनले नेपाल एक चीन नीतिको पक्षमा रहेको बताए ।

विश्व बहुध्रवीय बन्दै गएको उल्लेख गर्दै ब्रिक्स र क्वाडले चुनौती सृजना गरेको बताए । एशिया प्रसान्त क्षेत्रमा शक्तिशाली देशहरु केन्द्रित हुन थालेको बताए । उनले भने, ‘एशिया प्रशान्त अमेरिकी रणनीति यसै विषयमा लक्षित छ ।’

ओलीले अकस भनिने अमेरिका, बेलायत र अष्ट्रेलियाको सुरक्षासम्बन्धी एलायन्सले तनाव सृजना गरेको टिप्पणी गरेका छन् । उनले एशिया प्रशासन क्षेत्र नयाँ खालको द्वन्द्वको केन्द्र बन्दै गएको बताए ।

सम्बाेधनकै क्रममा भारतकाे निकै आलोचना गरेका ओलीले भारतले नेपालमा चासो राख्न सक्ने तर हस्तक्षेप स्वीकार्य नहुने बताए । ‘नेपालमा भारतको चासो छ,’ ओलीले विधान महाधिवेशनमा सम्बोधन गर्दै भारतबारे भने, ‘छिमेकबाट हस्तक्षेप नहोस् भन्नेमा नेपालको चासो छ ।’

ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तालगायत भूभाग फिर्ता गरेर सीमाको व्यवस्थापन हुनुपर्ने बताए । उनले भारतको नेपालमा चासो रहेको तर हस्तक्षेप अस्वीकार्य हुने बताए । भारत र पाकिस्तानबीचको तनावबारे पनि ओलीले बोले । उनले भने, भारतसँग नेपाललगायत छिमेकी मुलुकका विवादित विषय समाधान हुन सकेको छैन ।

ओलीले अमेरिका लगायत नाटो देशहरुको समेत आलोचना गरे । उनले अफगानिस्तानबाट अमेरिकी सैनिक हटेको उल्लेख गर्दै भने, बाह्य हस्तक्षेप असफल भएको छ । कुनैपनि बहानामा बाह्य हस्तक्षेप ठिक होइन ।

प्रतिकृया दिनुहोस्