×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतलाईहराउदै श्रीलंका पहिलो पटक एसिया कप च्याम्पियन

भारतलाईहराउदै श्रीलंका पहिलो पटक एसिया कप च्याम्पियन

काठमाडौं - उपाधि दावेदार भारतललाई ८ विकेटले हराउँदै श्रीलंकाले एसीसी महिला एसिया कपको उपाधि उचालेको छ ।

श्रीलंकालाई पहिलो पटक उपाधि जिताउने क्रममा हर्षिता समरविक्रम र चमारी अथपथुले शानदार ब्याटिङ गरे ।


आइतबार भएको उपाधि भिडन्तमा यसअघिका चार संस्करणमा ब्यहोरेको हारको बदाल पनि श्रीलंकाले लिएको छ ।

भारतले दिएको १६६ रनको चुनौती पछ्याएको श्रीलंकाले ८ बल बाँकी हुँदै २ विकेटको क्षतिमा १६७ रन जोड्यो। श्रीलंकाका लागि अविजित रहेकी हर्षिता समरविक्रमले ६९ रन जोडिन्। ५१ बल खेलेकी उनले ६ चौका र दुई छक्का हानिन् ।


कप्तानसमेत रहेकी ओपनर चमारी अथपथुले ४३ बलमा ९ चौका र २ छक्का हानिन् । त्यसैगरी कविशा दिल्हारी ३० रनमा अविजित रहिन्।

उता भारतकी दिप्ती शर्माले १ विकेट झारिन्।  त्यसअघि रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला ब्याटिङमा उत्रिएको भारतले स्मृति मान्धनाको अर्धशतकीय योगदानमा २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो ।

स्मृतिले ५६ बलमा १० चौकासहित ६० रन जोडिन्। भारतका लागि ऋचा घोष ३०, जेमिमाह रोड्रिग्जे २९, शेफाली वर्मा १६ र कप्तान हरमनप्रीत कौर ११ रनमा समेटिए ।

श्रीलंकाकी कविशा दिल्हारीले सर्वाधिक २ विकेट झारिन्। सचिन निसानशााल, चमारी अथपथु र उदेशिका प्रबोधनीले व्यक्तिगत एक-एक विकेट लिए ।

यसअघि भारतले सुरुका ६ संस्करणको उपाधि लगातार उचालेको थियो । जसमा चार संस्करणको फाइनलमा श्रीलंकाले हार भोगेको थियो । दुई पटक भारतले पाकिस्तानलाई हरायो ।

सन् २०१८ मा भएको एसिया कपमा भारतलाई हराउँदै बंगलादेशसँग उपाधि जित्यो । पछिल्लो संस्करणमा भारतले श्रीलंकालाई हराउँदै सातौँ पटक च्याम्पियन भएको थियो।


 

प्रतिकृया दिनुहोस्