×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चालू अधिवेशनमै नागरिकता ऐन सम्बन्धि विधेयक पारित हुन्छ : कानुनमन्त्री

चालू अधिवेशनमै नागरिकता ऐन सम्बन्धि विधेयक पारित हुन्छ : कानुनमन्त्री

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसदको चालू अधिवेशनमै नागरिकता ऐन सम्बन्धि विधेयक पारित हुने बताउनु भएको छ । 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)समेत सो विधेयक पारित गर्न सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले चालू अधिवेशन भित्रै पारित हुने बताउनु भएको हो । ६४ औं संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नागरिकता ऐन सम्बन्धि विधेयकमा धेरै विवादहरु रहेकाले त्यसलाई विवादरहित बनाउन सरकारले गृहकार्य गरिरहेको बताउनु भयो । राज्य व्यवस्था समितिमा समेत सो विधेयकमा देखिएका विवाद निरुपण नभएको भन्दै मन्त्री कोइरालाले त्यसमा साझा बनाएर बनाएर अघि बढन सरकार लागि परेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘नागरिकता ऐन अहिले सरकारको र प्रमुख प्रतिपक्षको पनि प्रमुख सरोकार र सबै दलहरुको पनि प्रमुख सरोकारको विषय हो । केवल सरकारको मात्रै होईन । यसलाई जसरी पनि यही अधिवेशनमा ब्रेक थ्रू गर्ने गर्ने कुरालाई चाँही सरकारले गरिरहेको छ र यसमा प्रमुख प्रतिपक्षी एकदमै सकारात्मक हुनुहुन्छ । म उहाँहरुको त्यो सकारात्मक कुरालाई एप्रिसिएट गर्न चाहन्छु ।

यसलाई विवादरहित ढंगले, त्यहाँ तमाम विवादहरु छन । नागरिक ऐन सम्बन्धि विधेयकमा । राज्य व्यवस्था समितिमा गएर पनि विवादसहितको डकुमेन्ट आएको छ । तर ती विषयहरुमा पनि सिटिजनसिपजस्तो विषयमा हामीले विवाद गर्नु हुँदैन । त्यसैले साझा धारणा बनाएर यसलाई अघि बढाऔं भन्ने विषयमा सरकार छ र त्यसमा प्रमुख प्रतिपक्ष सहितका अरु साथीहरु धेरै सकारात्मक हुनुहुन्छ । यो चाँडै आउँछ ।’

मन्त्री कोइरालाले संसदलाई प्रभावकारी बनाउन सांसदहरुले योगदान दिन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो । केही सांसदहरुलाई छोडेर भन्ने हो भने सांसदहरुको उपस्थितिनै नभईदिँदा संसदले गर्नुपर्ने कानुन निर्माणको काममा ढिलाई हुन गएको उहाँको भनाई थियो । 

प्रतिकृया दिनुहोस्