×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पुर्व राजदम्पतिलाई अक्सिजनकाे सहायतामा उपचार जारी

पुर्व राजदम्पतिलाई अक्सिजनकाे सहायतामा उपचार जारी

काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई  नर्भिक इन्टरनेशनल अस्पतालमा अक्सिजन दिएर उपचार जारी राखिएको छ । कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले पूर्व राजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोना संक्रमित भएपनि पूर्वराजा दम्पत्ति वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए । 

 उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन ।  उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 

प्रतिकृया दिनुहोस्